वित्तीय ग्राहक संरक्षण

“यस बैंकबाट इजाजतपत्र/अनुमतिपत्र प्राप्त वित्तीय सेवा प्रदायकले प्रवाह गर्ने वित्तीय सेवाहरु प्रचलित कानुन तथा यस बैंकबाट जारी गरिएका निर्देशन, परिपत्र, सूचनाको अधीनमा रही सबै प्रकारका ग्राहकलाई निष्पक्षता, विश्वसनीयता र पारदर्शीता सुनिश्चित गर्न तथा ग्राहकलाई कुनै किसिमको मर्का पर्न नदिने र मर्का पर्न गएमा सोको समुचित सुनुवाइ गरी उचित व्यवस्थापन गर्न यस बैंकको गभर्नरको कार्यालय अन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखामा वित्तीय ग्राहक संरक्षण इकाई रहेको छ । यस बैंकबाट इजाजतपत्र/अनुमतिपत्र लिई कारोवार गरिरहेका वित्तीय सेवा प्रदायकका वित्तीय ग्राहकको गुनासो यस इकाईको क्षेत्राधिकारमा पर्दछ ।“

गुनासो दर्ता गर्ने प्रक्रियाः

  1. १.आफुले वित्तीय सेवा लिइरहेको वा लिन चाहेको सम्बन्धित वित्तीय सेवा प्रदायकमा गुनासो दर्ता गर्ने।
  2. २. सम्बन्धित वित्तीय सेवा प्रदायक बाट गुनासो सम्बोधन नभएमा वा गुनासो समाधान चित्त नबुझेमा वा सोझै नेपाल राष्ट्र बैंकमा पेश गर्नुपर्ने प्रकृतिको गुनासो भएमा यहाँ गुनासो दर्ता गर्ने।
  3. ३.यहाँ गुनासो दर्ता गर्दा, गुनासो संग सम्बन्धित सम्पूर्ण विवरण तथा कागजात सहित गुनासो दर्ता गरी, दर्ता नं. इमेल मार्फत प्राप्त गर्ने।
  4. ४. गुनासो समाधानको स्थिति थाहा पाउन यसै पोर्टलको "Track Complaint (गुनासोको स्थिति) " मा दर्ता नं. राखी जानकारी प्राप्त गर्ने।
  5. ५. गुनासोको अन्तिम जवाफ/निर्णय इमेलमा प्राप्त गर्ने।